तीन दिनको अन्तरालमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि, कतिमा हुँदैछ कारेबार ?
काठमाडौं । तीन दिनको अन्तरालमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
आज एक तोला सुनको मूल्य १८ सयले बढेर दुई लाख ७६ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन सोमबार तोलामा चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १४५ रुपियाँले बढेर पाँच हजार ३४० कायम भएको छ ।
आइतबार प्रतितोला ४ हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदीको मूल्य सोमबार पाँच हजार १९५ मा किनबेच भएको थियो ।
अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार
















