आजको मौसम : तराईमा हुस्सु र कुहिरो



काठमाडौं, माघ २ । जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, आज राति भने तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्