हुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
हुम्ला, माघ २ । हुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका–२ स्थित ठूला खोला भन्ने ठाउँमा भे२त २०५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षीय नगेस रावलको घटनास्थलमै मृत्यु भएको हो ।
उनका अनुसार बिहीबार साँझ साढे ५ बजेको समयमा गल्फागाड श्रीनगर सडकखण्डका लागि ढुङ्गा ओसार्ने क्रममा ठूलाखोलामा सडकबाट करिब एक सय मिटर तल ट्रयाक्टर खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
कर्णाली करिडोरको गल्फागाडबाट श्रीनगरसम्म करिब नौ किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको छ ।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार












