कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् । पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा पत्रकार सम्मेलन हुने कांग्रेस केन्द्रीय कार्यालय जनाएको छ ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरेका छन् ।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार












