सेनाको शिविरमा आक्रमण, ५० भन्दा बढी सैनिकको मृत्यु



एजेन्सी, वैशाख ९

अफगानिस्तानमा तालिवान लडाकुले सेनाको शिविरमा आक्रमण गरेका छन् । आक्रमणमा परि ५० भन्दा बढी अफगान सैनिकको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

उत्तरी शहर मजार–ए–शरिफ शहरको बाहिरी क्षेत्रमा रहेको सेनाको त्यस क्षेत्रको हेडक्वाटरमा आक्रमण भएको हो । सेनाको पहिरनमा आएका तालिवान लडाकुले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

मस्जिद नजिक रहेको सेनाको हेडक्वाटरमा आक्रमण भएको हो । तालिवानले विज्ञप्ती निकालेर घटनाको जिम्मा लिएको छ । अफगान सेनालाई तालिवान विरुद्धको कारवाहीका पश्चिमा राष्ट्रको गठबन्धन सेना नेटोले साथ दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News