सुन तस्करीमा मुछिएका बाजेको सेकुवाका साउ पनि रास्वपातिर लागे



काठमाडौं । सुन तस्करी लगायत विभिन्न प्रकरणमा जोडिएका बाजेको सेकुवा रेष्टुरेन्टका मालिक चेतन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका छन् ।

उनले श्रीमतीलाई रास्वपाको उम्मेदवार बनाएका छन् । उनकी श्रीमती नितिमा भण्डारी कार्की रास्वपाबाट सर्लाही १ मा उम्मेदवार बनेकी छिन् ।

चेतनविरुद्ध चूणामणि उप्रेती गोरेसँग मिलेर सुन तस्करी गरेको अभियोगमा २०७५ सालमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएकोमा पछि अदालतमा उपस्थित भई धरौटीमा छुटेका थिए।

पछि अदालतबाट सफाइ पाए । उनीविरुद्धका सम्पत्ति शुद्धीकरणका उजुरी भने अझै पनि छानविनकै क्रममा छन् ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्