मनाङमा एमाले र राप्रपाले फिर्ता लियो उम्मेदवारी, कांग्रेसलाई ठूलो सहजता
मनाङ । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेका पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह गुरुङले शुक्रबार बिहानै फिर्ताको निवेदन दिएका हुन्।
पौडेलले उम्मेदवारी फिर्ताको लागि आएको निवेदन औपचारिक निर्णय आजै दिउँसो हुने बताए । ।
मनाङमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ , नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ , राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुविरसिंह गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट यशोदा सुवेदी र मंगोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर आले गरि पाँच जनाको उम्मेवारी परेको थियो ।
रास्वपाबाट भने उम्मेदवारको टिकट लिएका व्यक्ति तोकिएको समय भन्दा ढिलो निर्वाचन अधिकृतका कार्यालय पुग्दा उम्मेदवारी दर्ता भएको थिएन।
तर एमाले र राप्रपाका दुवै उम्मेदवारले नाम फिर्ता लिने भएका छन् ।
यससँगै कांग्रेसबाट यसअघि निर्वाचित टेकबहादुर गुरुङ गुरुङलाई निर्वाचनमा ठूलो सहजता मिलेको छ। एमालेले नै कांग्रेसलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको स्रोतले जनाएको छ ।
फिर्तापछि अब मुख्य प्रतिस्पर्धा कांग्रेसका गुरुङ, नेकपाकी सुवेदी र मंगोल नेशनलका आलेबीच हुने छ। तर एमालेको समर्थनले कांग्रेसलाई बलियो बनाएको छ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार
















