कांग्रेस कार्यालयमा नेता-कार्यकर्ताको चहलपहल, सभापति गगनकुमार थापा पदवहाली गर्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ।

विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्ने भएसँगै कार्यालयमा नेता-कार्यकर्ताको चहलपहल बढेको छ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए ।

पार्टी कार्यालयका अनुसार सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्ने छ ।

बैठकमा थापालाई भावी प्रधानमन्त्री घोषणा गरी निर्वाचनमा होमिने, आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्