निर्वाचनअघि नै पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने अभ्यासलाई विकसित गर्न खोजेका हौँ : प्रदीप पौडेल



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी निर्वाचनमा पार्टीले उठाएका मुद्दाहरूका आधारमा प्रतिस्पर्धा हुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले प्रतिस्पर्धा व्यक्तिले नभई व्यक्तिले उठाएको मुद्दाले गर्ने भएकाले आफूहरूले उठाएका मुद्दाहरूलाई घोषणापत्रले स्पष्ट पार्ने बताए ।

पौडेलले यस पटकको निर्वाचनमा पार्टी सभापतिलाई मधेसमा उभ्याएर देश विकासको सुरुवात गर्न चाहेको बताए । पार्टी सभापति मधेसबाट निर्वाचित भएर आएपछि देश नयाँ सङ्कल्पका साथ जोडिने उनको तर्क छ ।

महामन्त्री पौडेलले यस पटकको निर्वाचनमा आवधिक निर्वाचनभन्दा अघि नै पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने अभ्यासलाई पार्टीभित्र विकसित गर्न खोजिएको पनि खुलासा गरे । कांग्रेसको नेतृत्वमा देश बनाउने गरी आफ्ना मुद्दाहरूलाई स्थापित गर्ने उनको दाबी छ ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्