१७ प्रहरी सम्पर्कविहीन, हाजिर हुन् अल्टिमेटम



काठमाडौं, माघ ११ । नेपाल प्रहरीका १७ जन प्रहरी कर्मचारी विभिन्न आफूखुशी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गरी कात्तिक र मंसिर महिनादेखि गैरहाजिर रहेको जानकारी दिनुका साथै सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

गैरहाजिर हुने प्रहरीहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार, ११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन् ।

उनीहरुलाई प्रहरी प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिन भित्र आफू गैरहाजिर हुनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरण जवाफसहित उपस्थित हुन भनेको छ ।

यी हुन् सम्पर्कविहीन प्रहरी कर्मचारी :

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्