सार्वजनिक बहस गर्न ओली तयार, बालेनले गरे अस्वीकार



काठमाडौँ, माघ ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि आफू तयार रहेको बताएका छन् ।

भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच एउटै मञ्चमा सार्वजनिक बहस हुनुपर्ने माग भइरहेका बेला अध्यक्ष ओलीले आफू तयार रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘पब्लिक डिबेटको लागि तयार छौं । नयाँ÷पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ,’ ओलीले लेखेका छन्, ‘यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ । फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ ।’

राजनीतिक दलहरूले प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेको अवस्थामा पनि बहसको आवश्यकता रहेको ओलीको भनाइ छ ।

ओलीले बहसका लागि आफू तयार रहेको जानकारी दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले भने आपूm त्यसका लागि तयार नरहेको बताएका छन् । उनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गर्दै भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’

झापा–५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका नेता शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका हुन् ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्