देश खरानी पार्ने बालेन र सुदनसहित केही कलाकारहरू एउटै पार्टीमा पुग्नुको रहस्य विस्तारै खुल्दैछ : विश्वकर्मा



काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा भएको अराजकताको पोल विस्तारै खुल्दै गएको बताएका छन् । सामाजीक सञ्जाल फेसबुकमा १५ बुँदे लामो स्टाटस लेख्दै उनले जेनजी आन्दोलन र त्यसपतिको राजनीतिक अवस्थाको विश्लेषण गरेका हुन् ।

उनले कतिपय घटनाहरू कुनै पहिल्यै थाहा हुने त केही शुरूमा आकस्मिक, अकल्पनीय अर्थात रहस्यमय देखिने बताएका छन् ।

जेजनी आन्दोलनको दिन माइतीघरमा सुरु भएको विरोध जुलुसमा महानगरपालिकाको गाडिमा कर्मचारीहरूनै पानी वितरण गर्न हिड्नु पनि रहस्यय रहेको उनको दावी छ ।

त्यतिमात्रै होइन त्यही भिडमा सयौंको संख्यामा टीओवी लेखेको टिसर्ट र ज्याकेट लगाएर बुलेट बाइकमा आएर भिडमा पस्नु पनि संयोगमात्रै नभएको उनको तर्क छ ।

यस्तो छ विश्वकर्माले लेखेको स्टाटस
जय नेपाल !
घटनाहरू कुनै पहिल्यै थाहा हुन्छन त केही शुरूमा आकस्मिक, अकल्पनीय अर्थात रहस्यमय देखिन्छन् @
प्रसिद्ध साहित्यकार तथा लेखक वालकृष्ण समको “नियमित आकस्मिकता” जस्तै !
गत भाद्र २३ देखि नेपालमा हुदै आएका घटनाहरू आकस्मिक, अकल्पनीय, चमत्कारी र रहस्यमय लाग्थे १ अहिले विस्तारै खुल्दैछन !
१. भाद्र २३ गते अवोध स्कूले वालवालिका सुशासनको माग गर्दै काठ्माण्डौको माईतिघर मण्डलामा प्रदर्शनका लागि भेला हुनु !
२. त्यही भिडमा सयौंको संख्यामा TOB लेखेको T-Shirt र Jacket लगाएर Bullet Bike ma आएर भिडमा पस्नु !
३. वालवालिकाको जुलुस बानेस्वर संसद भवन अर्थात निषेधित क्षेत्र प्रवेश गर्नु !
४. अरू वेला भिड रोक्न राखिने सुरक्षा व्यारिगेट त्यो दिन नहुनु !
५. विरोध जुलुसमा महानगरपालिका को गाडिमा कर्मचारीहरूनै पानी वितरण गर्न हिड्नु !
६. गोली चल्नु तर संसद भवनको कम्पाउण्ड भत्काउने भत्काएर भित्र पस्नेलाई होईन वाहिर जुलुसको वीचमा रहेका कलिला वालवालिकालाई लाग्नु र उनीहरूको ज्यान जानु !
७. सामाजिक संजालको वन्देज हटाईयो १ गृहमन्त्रीले राजीनामा गरे १ सोंचे जस्तो स्थीति सामान्य भएन !
८. २४ गते विहानै देखि कांग्रेस एमालेका नेताका घर, पार्टी कार्यालय, राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन र सर्वोच्च अदालत लगायत प्रहरी कार्यालय तथा व्यवसायिक प्रतिष्ठान तोडफोड, लुटपाट र आगजनी गरि खरानी पारे !
९.जेल भत्काएर रास्वपाका नेता विजय जुलुस सहित वाहिर आए, उनी संगै भागेका हजारौ कैदी वन्दी अझै फरार छन् !
१०. यत्तिका जनधनको क्षतिको जिम्मा कसैले लिएनन् । तर, सडकमा नारा लगाउदै हिडेकै मानिस प्रधानमन्त्री र मन्त्री बने !
११. चुनाव गर्न भनि बनेको नागरिक सरकारले सवै भन्दा पहिले तीनै जेल तोडेर भागेरा कैदी वन्दीको संगठित अपराध र सम्पति सुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गर्यो !
१२. भाद्र २३ र २४ मा विदण्डा मच्चाएर देश खरानी पार्ने वालेन, सुदन गुरूड, विभिन्न कलाकारहरू सब एउटै पार्टीमा जोडिए !
१३. नागरिक सरकारका मन्त्री पनि सरकार छोडेर त्यतै गए !
१४. रास्वपाले जेन्जी आन्दोलनको अपनत्व लिने भन्यो !
१५ं. कार्की आयोगले वयान तत्कालिन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिरारी संग लियो !
आखिर भाद्र २३ र २४ को कहाली लाग्दो नाटक (Horror Drama) किन र कस्ले घटाएको रहेछ !आयोग को रिपोर्ट वाहिर नआउँदै घटनाका पात्रहरूको दैनिक कृयाकलापले छर्लड पारिदियो १ अझै दिनहुँ खुल्दैछन् !
देश कस्ले किन जलायो ? यत्तिका मानिस किन कस्ले मार्यो ? अब पनि अनुसन्धान बाँकी छ र आयुक्तज्यू !
आजलाई यत्ति । धन्यवाद !

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्