निर्वाचन आयोगको आचारसंहिताका कारण कांग्रेसको मधेस सभा स्थगित



जनकपुर । नेपाली कांग्रेसले माघ १६ गते आयोजना गर्न लागेको विशाल मधेस सभा स्थगित भएको छ ।

निर्वाचन आयोगको आचारसंहिता लागु भएको कारण सभा स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेसको मधेस प्रदेश समितिले शनिबार बसेको बैठकमा माघ १६ गते चिरहोटियामा आमसभा आयोजना गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आचारसंहिताका कारण अब सभा आयोजना हुन सक्ने सम्भावना छैन ।

आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्