राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशमा १४३ जनाले गरे मतदान



हेटौंडा । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन् ।

बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मा मकवानपुरमा भइरहेको मतदानमा १४३ जनाले गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश सभाका ११० सदस्यमध्ये ६ जनाले राजीनामा दिएका कारण १०४ मतदाता कायम छन्।

यस्तै स्थानीय तहतर्फ २३८ मध्ये एक जना निलम्बन र ३ जनाले राजीनामा दिएका कारण २३४ मतदाता कायम छन् ।

मतदान सुरु भएको एक घण्टामा स्थानीय तहतर्फ १११ र प्रदेश सभातर्फ ३९ जनाले मतदान गरेका छन् ।

मतदान प्रक्रियामा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्