उच्च पहाडी क्षेत्रमा वर्षा र हिउँ पर्ने सम्भावना
काठमाडौँ, माघ १२ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा देशभर मौसममा क्रमिक बदली देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने भए तापनि अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने देखिन्छ ।
त्यसैगरी रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र बाँकी पहाडी भेगमा आंशिक बदली हुनेछ ।
विशेषगरी राति कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार












