देउवा समूहको भेला बस्ने कुरा हल्ला हो, पार्टी एकजुट छ : विश्वकर्मा



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी राष्ट्रिय सभा निर्वाचनलगत्तै देउवा समूह वा पूर्वउपसभापति पूर्णबहादुर खड्का पक्षले भेला बोलाउन लागेको भन्ने कुरा पनि हल्ला मात्रै भएको बताएका छन् ।

आफ्नो फेसबुकमा स्टाटस लेख्दै विश्वकर्माले यो पार्टी चुनावी मैदानमा रहेको बेला आएको भ्रामक सूचना भएको बताएका हुन् । उनले पार्टीका उम्मेदवारलाई असर पर्ने काम नगर्न अनुरोध गरेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकको निर्णय पालना नगर्ने छुट कसैलाई पनि नभएको बताए । उनले केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको र सो निर्णय सबैले पालना गर्नुपर्ने बताए ।

पार्टीभित्र अहिले कुनै पनि मतभेद नरहेको र निर्वाचनबाट रूख चिह्नमा बहुमत ल्याउने गरी कांग्रेस एक भएर लागेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्