आज पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं, माघ १३ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिनेछ ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

गएरातिदेखि सुदूरपश्चिम क्षेत्रबाट न्यून चापीय प्रणाली सक्रिय भएको र यसको प्रभाव आज बेलुकापछि पूर्वतर्फ सर्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्