राष्ट्रिय सभाको बैठक जारी



काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक जारी छ ।

आज दिउसो १ः१५ बजेदेखि सिंहदरबारमा बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूले आ-आफ्नो भनाइ राखिरहेका छन्।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्य सूची छ ।

त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन् शेर्पाले संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्