बैतडी र बागलुङमा भारी हिमपात, चिसो बढेपनि किसान उत्साहित



बैतडी, माघ १४ । हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै विभिन्न स्थानमा हिमपात भएको छ ।

बैतडी र बागलुङका उच्च पहाडी भेगमा आज भारी हिमपात भएको छ। जसले गर्दा चिसो बढेर जनजीवन प्रभावित भएको छ ।

तर हिमपातका कारण हिउँदे बाली सप्रिने आशामा किसानहरू भने उत्साहित भएका छन्।

बैतडीका उच्च लेकाली क्षेत्रहरू सिगास, खोडपे, अनारखोली र ढोल्यामोडमा आज बिहानैदेखि बाक्लो हिउँ परेको छ।

यस्तै, बागलुङको ढोरपाटन शिकार आरक्षसहित उच्च पहाडी क्षेत्रमा पनि भारी हिमपात भइरहेको छ। हिमपातले ढोरपाटन उपत्यका, निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला र निसेलढोर क्षेत्र सेताम्मे बनेका छन्।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्