साढे २ किलो चाँदीसहित नागढुंगाबाट एक युवक पक्राउ
काठमाडौं, माघ १४ । नागढुङ्गाबाट चाँदीसहित एक जना युवक पक्राउ परेका छन् ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नं को यात्रुबाहक बस चेकजाँचका क्रममा २.५ किलो चाँदीसहित वीरगञ्ज महानगरपालिका-१६ का २५ वर्षीय किसन साह पक्राउ परेका हुन् ।
प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बसमा लुकाएर ल्याएको अवस्थामा चाँदीसहित साहलाई मङ्गलबार पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार १६ लाख ९० हजार बराबरको चाँदी बरामद गरिएको हो ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको परिसरले जनाएको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












