राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौँ, माघ १४ । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

विशेष समयमा बोल्नका लागि राजनीतिक दलहरूलाई समय उपलब्ध गराइने राष्ट्रिय सभा सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्