चुनावी आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकियो



काठमाडौं, माघ १४ । निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ ।

जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिएको उनको भनाइ छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरक-फरक कार्य गर्ने जिम्मेवारी तोकिएको आयोगले जनाएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवम् विश्वासनीय रूपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको छ ।

आचारसंहिता यहि माघ ४ गतेदेखि लागू भइसकेको छ ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्