मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना



काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको छ ।

दाङबाट काठमाडौंतर्फ आइरहेको बस दुर्घटना हुँदा ३८ जना घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान करिब ३ बजेर १० मिनेटमा लुम्बिनी प्रदेश ०२–००१ ख ०४६६० नम्बरको नाइट बस सडकमै पल्टिएको हो ।

प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाइएको छ ।

मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्