भोजपुरबाट पाँच सय किलो गाँजासहित १० जना पक्राउ



काठमाडौँ, माघ १६ । भोजपुरको हतुवागढीबाट पाँच सउ किलो गाँजासहित १० जना पक्राउ परेका छन् ।

हतुवागढी गाउँपालिका–९ मचुवाबाट गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना बिहीबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो ।

सबै अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्