काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु
काठमाडौँ, माघ १६ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूसँग ठेक्का सम्झौता गरी कार्य सम्पादनमा लापरबाही गर्ने विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै यी कम्पनीहरूलाई तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
कालोसूचीमा परेका कम्पनीहरूले तीस दिनभित्र आफ्नो स्पष्टीकरण कार्यालयमा लिखित रूपमा पेस गर्नुपर्नेछ ।
यदि तोकिएको समयमा स्पष्टीकरण पेस नगरिएमा वा पेस गरेको स्पष्टीकरण सन्तोषजनक नभएमा नियमावली अनुसार कारबाही हुने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार












