रुसले पठायो जेलेन्स्कीलाई मस्को भ्रमणको निम्तो



काठमाडौँ । युक्रेन र रुसबीच करिब चार वर्षदेखि जारी रहेका बेला रुसले युक्रेनी राष्ट्रपछि जेलेन्सकीलाई मस्को भ्रमणको निम्तो दिएको छ । जसलाई आश्चर्यको रुपमा हेरिएको छ ।

क्रेमलिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्ति वार्ताका लागि आधिकारिक रूपमा मस्को भ्रमणको निमन्त्रणा दिएको हो । क्रेमलिनले दुवै देशले युद्धमा मारिएका सैनिकहरूको शव आदानप्रदान गर्ने अर्को चरण पनि सफलतापूर्वक पूरा गरेको बताएको छ ।

गत साता अबुधाबीमा अमेरिकाको सक्रिय मध्यस्थतामा भएको छलफलले शान्ति प्रयासलाई नयाँ गति दिएको छ । यद्यपि, दुवै पक्षबीच अझै पनि गम्भीर मतभेदहरू कायम रहँदा लडाइँ जारी नै छ ।

एक अमेरिकी अधिकारीका अनुसार जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेटवार्ता हुने सम्भावना बलियो बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति प्रक्रियामा सकारात्मक प्रगति भइरहेको दाबी गरेका छन् ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्