सर्लाहीमा ६ महिनामा ६४१ वटा सडक दुर्घटना, २९ जनाको मृत्यु
काठमाडौं । सर्लाहीमा सवारी दुर्घटनामा परी चालु आर्थिक वर्षको ६ महिनामा २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९० जना गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको छन् ।
उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्य अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति छन् ।
सवारीचालक तथा पैदलयात्रीले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनामा धेरै हुने गरेको भन्दै विद्यालयका बालबालिका, स्थानीय, पैदलयात्रीलाई सहभागी गराएर कार्यालयले दर्जनौँपटक ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ ।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार












