रुपन्देहीमा स्कुल बस दुर्घटना, १० जना घाइते
रुपन्देही । रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा स्कुल बस दुर्घटना भएको छ ।
परासीतर्फबाट विद्यार्थी लिएर फर्किंदै गरेको स्थानीय शान्ति नमूना माविको लु १ ख ८६७५ नम्बरको बस आज विहान टोल गेट नजिक ट्याक्टरसँग ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार












