त्रिशूलीमा बस खस्यो, १८ जनाको मृत्यु



मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ।

दूर्घटनामा १२ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४४ जना सवार रहेको बताइएको छ। २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ।

दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ। केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्