श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी
काठमाडौँ, फागुन २४ । श्रम संस्कृति पार्टीले पनि खाता खोलेको छ । खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएर खाता खोलेका हुन् ।
राईले १६ हजार ६१२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका वीरकाजी राईले १२ हजार ७१४ मत प्राप्त गरे ।
त्यस्तै नेकपा एमालेका देवविक्रम राईले ११ हजार ९५७ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार
















