रास्वपा सय क्षेत्रमा विजयी, २५ स्थानमा अग्रता



काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय क्षेत्रमा जित हासिल गरेको छ ।

सार्वजनिक भएको परिणामअनुसार रास्वपा सय निर्वाचन क्षेत्रमा विजयी भएको छ भने थप २५ क्षेत्रमा अग्रता कायम राखेको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म १२९ निर्वाचन क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेसले १५ क्षेत्रमा विजय हासिल गरेको छ भने दुई स्थानमा अग्रता लिएको छ ।

त्यस्तै नेकपा एमाले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अग्रस्थानमा रहेको छ ।

आयोगको तथ्यांकअनुसार नेपाली कम्युनिस्ट पार्टीबाट हालसम्म छ जना उम्मेदवार विजयी भएका छन् भने एक स्थानमा अग्रता कायम छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार अग्रस्थानमा रहेका छन् ।

यसैबीच प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ पनि मतगणना जारी छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्