कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार



धनगढी, फागुन २४ । धनगढीमा एक व्यक्ति श्रीमतीको हत्या गरेर फारर भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–७ को देवहरियामा शनिबार राति ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जोशीको राति घरमै श्रीमान् डम्मराज जोशीले हत्या गरेको खुलेको बताए । उनका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा जोशी घरमै मृत भेटिएकी थिइन् ।

प्रहरीका अनुसार पूर्वशिक्षकसमेत रहेका जोशी घटनापछि फरार भएका छन् । राति बुवाले आमाको हत्या गरेपछि छोराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करिब १ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो ।

सरस्वतीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्