महावीर पुनले फेरि सुरु गरेर किताब बेच्न, आज पोखरामा बेच्ने
काठमाडौँ, फागुन २५ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र सांसदका रुपमा निर्वाचित महावीर पुनले पुनः आफ्नो आत्मकथाको किताब बेच्न सुरु गरेका छन् ।
वीरगंजमा चलिरहेको कृषि औजार कारखानाका लागि रकम चाहिने भन्दै आत्मकथाको पुस्तक बेच्न लागेका छन् । उनले आज पोखरामा १० बजेदेखि अमरसिंह चोकमा पुस्तक बेच्ने बताएका छन् ।
उनले पोखराकै पृथ्वीचोकमा दिउँसो १ बजे र महेन्द्रपुलमा दिउँसो ४ बजे पुस्तक बेच्न पुग्ने जानकारी दिएका छन् ।
उनले चुनाव प्रचारका क्रममा पनि किताब पनि बेच्ने प्रयास गरेका थिए । तर त्यसबेला निर्वाचन आयोगले अनुमति दिएन । अहिले चुनाव जितिसकेपछि उनले किताब बेच्न सुरु गरेका हुन् ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार
















