बाजुरामा एक महिलाले बाटोमै जन्माइन् बच्चा



बाजुरा, फागुन २६ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ भैसागाडकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् ।

प्रसूति व्यथा सुरु भएपछि नजिकैको स्वास्थ्य संस्थामा लैजाँदै गर्दा उनलाई परिवारले फयालगाउँ आधारभूत स्वास्थ्य इकाइतर्फ लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन् ।

स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी विस्ना रोकाया घटनास्थलमै पुगेर सुरक्षित प्रसूति गराएकी थिइन् ।

स्थानीयका अनुसार कठिन भौगोलिक अवस्था र स्वास्थ्य संस्था टाढा भएकाले महिलालाई समयमै अस्पताल पु¥याउन नसक्दा बाटोमै सुत्केरी हुनुपरेको हो ।

स्वास्थ्यकर्मी रोकायाले तत्कालै आवश्यक स्वास्थ्य सेवा प्रदान गरेपछि आमाले सुरक्षित रूपमा बच्चा जन्माएकी थिइन् । हाल आमा र नवजात शिशुको अवस्था सामान्य रहेको जनाइएको छ ।

बाजुरमा दुर्गम क्षेत्रमा सडक र यातायातको सुविधा अभावका कारण अझै पनि धेरै महिलाले घरमै वा बाटोमै बच्चा जन्माउने अवस्था छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्