बलात्कार मुद्दामा पक्राउ परेका इन्सपेक्टर धरौटीमा छुटे



काठमाडौं । बलात्कार मुद्दामा परेका चितवनका इन्सपेक्टर धरौटीमा छुटेका छन्।

इलाका प्रहरी कार्यालय, खैरहनीका इन्सपेक्टर मंगलबार २ लाख धरौटीमा छुटेका हुन्।

एक युवतीको जाहेरीका आधारमा उनी तीन साताअघि पक्राउ परेका थिए। विवाह गर्ने प्रलोभनमा शारिरीक सम्बन्ध राखेको आरोप लगाउँदै एक युवतीले उनीविरुद्ध जाहेरी दिएका थिए।

जिल्ला अदालत, चितवनका न्यायाधीश केदारनाथ पौडेलको इजलासले उनी धरौटीमा छुटेका हुन्।

सामान्यतया बलात्कार मुद्दामा धरौटीमा नछुट्नेमा बलियो प्रमाण नभएपछि महत छुटेका हुन्।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्