सुनसरीमा दुई सय केजी गाँजा बरामद



सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ । गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले गाँजा बरामद गरिएकाे जानकारी दिए ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्