किशोरी साहको रिट न्यायाधीश शर्मा र पोखरेलको इजलासमा
काठमाडौं । धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदावार किशोरी साह कमलले दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ।
न्यायाधीशहरु विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा साहले दायर गरेका छुट्टाछुट्टै रिटलाई एकैठाउँ राखेर सुनुवाइ हुन लागेको हो।
धनुषा–१ मा रास्वपाका तर्फबाट उम्मेदवार बनेका साह कालो सूचीमा परेको उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।
उम्मेदवारी खारेज गरे पनि उनको चिन्हमा २० हजारभन्दा बढी मत परेपछि गत बुधबार उनले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। साहले नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र, निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय धनुषालाई विपक्षी बनाउँदै अर्को रिट दायर गरेका थिए।
त्यसमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश शारङ्गा सुवेदीको इजलासले कालो सूचीबाट हटाउन अन्तरिम आदेश दिएको थियो ।
उनको उम्मेदवारी खारेज र अर्का उम्मेदवार विजयी घोषित विषयमा परेको अर्को रिटको सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको थियो । शुक्रबार तय भएको सुनुवाई हेर्न नमिल्नेमा परेपछि आज आइतबारका लागि सारिएको हो।
यसैबीच साहको उम्मेदवारी खारेज भएपछि निर्वाचन आयोगले ढिलो गरी बाँकी उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने नेकपाका मातृका यादवलाई प्रमाणपत्र दिएको छ।
गत बिहीबार सर्वोच्चले अन्तरिम आदेश दिएसँगै धनुषा–१ को निर्वाचन परिणाम थप विवादमा पर्ने देखिन्छ ।काठमाडौं । धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदावार किशोरी साह कमलले दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ।

गत बिहीबार सर्वोच्चले अन्तरिम आदेश दिएसँगै धनुषा–१ को निर्वाचन परिणाम थप विवादमा पर्ने देखिन्छ ।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार