१०९ किलो गाँजासहित भारतीय कार प्रहरी नियन्त्रणमा



महोत्तरी। नेपाल प्रहरीले महोत्तरीबाट १०९ किलो गाँजासहित एक भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ।

शनिबार राति जिल्लाको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोकबाट लुकाएर भारततिर लैजाँदै गरेको डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो।

पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको गोप्य सूचनाको आधारमा लागु औषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले गाँजासहित कार नियन्त्रणमा लिएको थियो।

कार चालक फरार रहेको प्रहरीको भनाइ छ। प्रहरीले बरामद गाँजा र कारलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्