शव बोकेको हेलिकोप्टर खोटाङमा दुर्घटना



खोटाङमा। खोटाङमा बुधबार एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना भएको छ ।

हेलिकोप्टर जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा दुर्घटना भएको हो ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईका अनुसार हेलिकोप्टर काठमाडौंबाट लास बोकेर ल्याएको थियो ।

उक्त हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा बारीको डिलबाट उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।

खोटाङ प्रहरीका अनुसार दुर्घटनामा परेर एकजनाको खुट्टामा चोट लागेको छ । खुट्टामा चोट लागे पनि दुर्घटनामा ठुलो मानवीय क्षति भने भएको छैन ।

साथै घटनाबारे थप विवरण संकलनको क्रममा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्