नगरकोटमा राइडरहरुमाथि हातपात गर्ने कार चालक पक्राउ



भक्तपुर । भक्तपुरको नगरकोटमा दुई जना युवाहरुमाथि गाडीबाट ओर्लिएर युवाहरुमाथि अपशब्द बोल्दै कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६, नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई रहेका छन् ।

कार चालक तामाङलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

केही दिनअघि नगरकोटमा बाइकमा राइडिङमा हिँडिरहेका युवाहरुमाथि उनीहरुले तामाङले कुटपिट गरेका थिए । सामान्य विवाद जस्तो देखिने विषय तामाङले अपशब्द बोल्दै युवाहरुमाथि पालैपालो कुटिरहेका थिए । तर ती युवाहरुले आफूहरुको केही गल्ती नै नरहेको बताइरहँदा समेत उनले अपशब्द बोलेर कुटपिट गरेको भिडियो तीनै युवाहरुको गोप्य क्यामेराबाट खिचिएको थियो ।

उक्त भिडियो सामाजिक सञ्जालमा यत्रतत्र सार्वजनिक भएपछि युवाहरुमाथि कुटपिट गर्ने कार चालकलाई कारबाही गर्न माग समेत गरिएको थियो ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्