प्रधानमन्त्री सुशीला कार्की कर्णालीमा



हुम्ला। प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशमा पुगेकी छन्।

निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गर्न कर्णाली प्रदेश पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

उनी यतिबेला जुम्ला पुगेकी छन् । बिहानै काठमाडौंबाट मुगुको राराताल भ्रमण सकेर जुम्ला पुगेकी हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका केपी ओली नेतृत्वको एमाले(कांग्रेससहितको गठबन्धन सरकार ढलेको थियो ।

त्यसपछि कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले ६ महिनाभित्र निर्वाचन गराउने घोषणा गरेको थियो ।

सोहीअनुसार फागुन २१ मा निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनबाट १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।

झन्डै दुई तिहाइ सिटसहित रास्वपाले अर्को साता सम्ममा नयाँ सरकार गठन गर्दैछ ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्