कर्णालीमा फागुन महिनामा ९३ वटा सवारी दुर्घटना, ८ जनाको मृत्यु
सुर्खेत । कर्णाली प्रदेशमा फागुन महिनाभर ९३ वटा सवारी दुर्घटना भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार, ती दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा ७ पुरुष, १ महिला र १ बालक छन् । यस्तै दुर्घटनामा १६० जना घाइते भएका छन् । जसमा ६४ जना गम्भीर घाइते भएका छन् ।
प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक हरिबहादुर विसीका अनुसार सवारी चालकको लापरबाहीको कारण ६८, चालकको असक्षमता ६, गलत स्थानमा पार्किङ लगायतका काण कारण सवारी दुर्घटना भएका छन् ।
यो एक महिनाको अवधिमा ट्राफिकले कर्णालीमा ७८ हजार ८३९ वटा सवारी साधनहरुको चेकजाँच गरेको छ ।
ट्राफिक चेकिङ्को क्रममा १ हजार ४३१ वटा सवारी साधन कारबाहीमा पर्दा १३ लाख ८ हजार राजस्व संकलन भएको छ ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार
















