४८ घण्टाभित्र होर्मुज जलमार्ग खुलाउन इरानलाई ट्रम्पको चेतावनी
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत अफ होर्मुज’ (होर्मुज जलमार्ग) नखोले त्यहाँका विद्युत् गृहहरू ‘ध्वस्त’ पारिदिने चेतावनी दिएका छन् ।
विश्वव्यापी तेल आपूर्तिका लागि महत्त्वपूर्ण मानिने उक्त जलमार्ग इरानले बन्द गरेपछि ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो ।
उनले लेखेका छन्, “यदि इरानले अबको ४८ घण्टाभित्र होर्मुज जलमार्गलाई पूर्ण रूपमा र बिना कुनै अवरोध खुला गरेन भने, संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न पावर प्लान्टहरूमा प्रहार गर्नेछ र तिनलाई नामेट पारिदिनेछ ।”
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार
















