सुन्धाराबाट खैरो हेरोइनसहित तीनजना पक्राउ



काठमाडौ । सुन्धारास्थित एक होटलबाट लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनकी ४० वर्षीया सपना गुप्ता, पोखराका २२ वर्षीय जोसिन बानियाँ र तनहुँका ज्योतिश्याम श्रेष्ठ छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज बिहान पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन ८० ग्राम, डिजिटल तराजु, दुई लाख ९४ हजार रुपैँया समेत बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरू माथि थप अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्