सुदूरपश्चिममा एकैदिन २ पटक भूकम्पका धक्का महसुस, कहाँ-कहाँ गयो ?



धनगढी। केहिदिन यता सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा निरन्तर भूकम्पका धक्का महसुस गरिएको छ।

यसैक्रममा सोमबार पनि दुई पहाडी जिल्ला बझाङ र दार्चुलामा भूकम्पका कारण आसपासका क्षेत्रमा कम्पन अनुभव गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक अनुसार आज दिउँसो बझाङ जिल्ला अन्तर्गत रायल आसपास केन्द्रबिन्दु रहेर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प स्थानीय समयअनुसार दिउँसो १ बजेर १४ मिनेट जादा गएको छ।

यसै दिन बिहान पनि अर्को भूकम्पको धक्का महसुस गरिएको थियो। केन्द्रका अनुसार दार्चुला जिल्ला को मुराई आसपास केन्द्रबिन्दु भएर बिहान ३ बजेर ५१ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

यसअघि चैत्र ३ पनि दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसअघि, गत फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको थियो ।

भूकम्पका कारण हालसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त भएको छैन।

सम्बन्धित निकायहरूले सम्भावित परकम्प तथा जोखिमबारे सतर्क रहन आग्रह गरेका छन्।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्