ठमेल क्षेत्रबाट अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला समातिए
काठमाडौं । काठमाडौंस्थित ठमेल क्षेत्रबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकामध्ये सबै युगान्डाका नागरिक रहेका छन्।
सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप तथा अभद्र व्यवहार गरी दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका-२६ अन्तर्गत फायरचोक क्षेत्र आसपासको सडकबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
सो क्षेत्रमा पैदल यात्रु तथा पर्यटकहरूलाई अनावश्यक रूपमा अवरोध पुर्याउने, तथा अश्लील क्रियाकलापका नाममा मोलमोलाइ गर्ने गतिविधि भइरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराई को भनाइ छ।
एसपी भट्टराईका अनुसार उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार
















