सिंहदरबार, संसद् भवन र सर्वोच्च जलाउनेलाई पनि कारबाही हुनुपर्छ : हर्क साम्पाङ



काठमाडौं । सांसद हर्क साम्पाङले भदौ २४ गतेका घटनालाई लिएर कडा प्रतिक्रिया दिएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद समेत रहेका उनले राज्यका प्रमुख संरचनामाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सिंहदरबार, संघीय संसद भवन र सर्वोच्च अदालत जलाउने योजनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

उनका अनुसार शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाउने प्रयास भएको दाबी गरिएको छ।

उनले विशेष गरी डिस्कोर्ड जस्ता डिजिटल प्लेटफर्म प्रयोग गरेर बालबालिकालाई स्कुल ड्रेसमै आन्दोलनमा सहभागी गराउने र भीडलाई उत्तेजित बनाउने कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्।

“डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने र हिंस्रक बनाउनेहरूलाई कारबाही हुनैपर्छ,” उनले लेखेका छन्।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्