एमाले सचिवालय बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने
काठमाडौं, चैत्र २० । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा बिहीबारको प्रतिनिधिसभा बैठकमा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ ।
बैठकमा अन्य राजनीतिक, समसामयिक विषयबारे छलफल हुनेछ ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार
















