रास्वपा उपसभापति डीपी अर्यालले गराए सभामुखका लागि मनोनयन दर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।

उनले सिंहदरबारमा पुगेर शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले अर्यालको नाम सर्वसम्मतिले पारित गरेको थियो।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली आजै दिउँसो २:३० बजे प्रकाशन गर्ने तयारी छ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन आगामी चैत २२ गते आइतबार हुनेछ। सो दिन बिहान ११ बजे बस्ने बैठकमा निर्वाचन प्रक्रिया अघि बढाउने गरी ज्येष्ठ सदस्यले मिति तोकेका छन्।

यदि सभामुख पदका लागि एकभन्दा बढी उम्मेदवारी दर्ता भएमा सोही बैठकमा मतदान प्रक्रिया सुरु हुने सचिवालयले जनाएको छ।

यद्यपी हालको प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ अर्थात् १८४ सांसद रहेकाले अर्याल निर्वाचित हुने निश्चित छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्