नेकपा एमालेले सभामुख पदमा उम्मेदवारी दिने, गुरु बराल उम्मेदवार



काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी दिएको खण्डमा आफूले समर्थन गर्ने र यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने एमालेको तयारी छ।
स्रोतका अनुसार पार्टी उपाध्यक्ष गुरु बराललाई उम्मेदवार बनाउने एमालेको तयारी छ।

अहिलेसम्म कांग्रेस लगायतले सभामुखबारे कसैसँग छलफल नभएको जनाएको छ । प्रवक्ता देवराज चालिसेले सभामुखमा उम्मेदवारी दिने नदिनेबारे कुनै छलफल नभएको प्रतिक्रिया दिए ।

सभामुखका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

हालको प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ अर्थात् १८४ सांसद रहेकाले अर्याल निर्वाचित हुने निश्चित छ ।

सभामुखका लागि आज दिउँसो २ सम्म मनोनयन दर्ताको समय तोकिएको छ । सभामुख चयनका लागि चुनाव भने आइतबार हुँदै छ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्